काठमाडौँ । कतारको दोहाका लागी नेपालबाट उडेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० विमानको हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।
जहाज ७० नटिकल माइल उडेपछि (करिब ४४ मिनेटमा) काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको जनाइएको छ । जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो । उक्त विमान बिहीबार राति २ सय ६५ जना यात्रु बोकेर दोहातर्फ प्रस्थान गरेको थियो ।
नेपाल वायुसेवा निगमले उक्त विमानका यात्रुलाई राति आफ्नो अर्को वाइडबडी नाइनएन–एएलजेडमा पठाएको जनाएको छ । यस्तै, जहाजको मर्मत भइरहेको र दिल्ली उडान भने निर्धारित समयमै गर्ने निगमले बताएको छ ।
