काठमाडौँ । प्रेमी विष्णु सापकोटासँग गायिका एलिना चौहानले विवाह गर्ने भएकी छन् । एलिनाले आगामी वैशाख ५ गते अष्ट्रेलियामा रहेका प्रेमी सापकोटासँग विवाह गर्ने भएकी हुन् । उनीहरूको विवाह झापाबाट हुन लागेको हो।

चौहानले आफू विवाहको तयारीमा लागेको बताएकी छन् । दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन् ।

गीतकार समेत रहेका सापकोटा बाग्लुङ निवासी हुन भने अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रमा एलिना पछिल्लो समय निकै रूचाइएकी गायिका हुन् । उनले ‘मिनरल वाटर’, ‘धोकेबाज हौं तिमी’, ‘के माया लाग्छ र?’, ‘कट्टा हान्दिन्छु’ लगाएतका चर्चित गीतहरू गाएकी छिन् ।

गायिका एलिनासँग विष्णुको भेट गत वर्षको तीज कार्यक्रममा भएको थियो । तर, उक्त समयदेखि प्रेम सम्बन्धमा रहेपनि केहि समय अगाडी यी दुईबीच ब्रेकअप भएको खबर फैलिएको थियो ।