नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बैशाख ४ गते सुनको मूल्य तोलाको १ लाख ३९ हजार २ सय रूपैयाँ कायम हुँदै रेकर्ड कायम गरेको थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *