लमही । दाङमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति लमही नगरपालिका–७ बनघुस्रीको पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसँग प्रदेश ३–०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा लमही नगरपालिका–७ बनघुस्रीका ४३ वर्षीय महेन्द्र गिरी रहेका छन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *