काठमाडौँ । सरकारले रिक्त रहेको भाषा आयोगको सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ स्थायी घर भएका मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।