काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न ठाउँमा आजदेखि एक हप्तासम्म दैनिक ६ घण्टा बिजुली नआउने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै हुसनटार, खड्का गाउँ तथा थानकोट फिडरमा आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।

स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । आज, भोलि र पर्सिसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ ।

आज शनिवारदेखि सोमवारसम्म पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महाँकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्तीगाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुङ्गा, खड्कागाउँ, खत्रीगाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

त्यस्तै सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्कागाउँ, न्यु डाइमण्ड, पुरानो हिमशिखर, पिपलबोट, थानकोट, डाँडा कारखाना, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि आजदेखि दैनिक ६ घण्टा बत्ती जानेछ ।

त्यस्तै पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँगाउँ, किटनी भन्ज्याङ, बाईछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै जेठ २ गते बुधवारदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा कटौती हुनेछ । थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँगाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुनेछ ।

त्यस्तै बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुङ्गेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जाने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।

यसैबीच कीर्तिपुर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भोलि मैत्रीनगर र टेंगलाफाँट क्षेत्र तथा पर्सि कीर्तिपुर विश्वविद्यालय क्षेत्रमा पनि बिजुली अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।