बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभएको छ ।

चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरेपछि एक्कासि फैलिएको झाडापखाला नियन्त्रणमा आएको बताइएको छ। स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार राप्तीसोनारी अस्पतालका चिकित्सक डा. राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीहरूको उपचार गरेपछि एक्कासि फैलिएको झाडापखाला नियन्त्रणमा आएको र तीन जनालाई स्वास्थ्य चौकीमा ल्याएर थप उपचार गरिएको बताउनुभयो ।

गाउँमा भएको एक भोजमा खानेपानीमा समस्या भएकोले पखाला फैलिएको जानकारी पाएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख केसीले पानी शुद्धीकरण गर्ने औषधी र पखालाका अन्य औषधीसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिटै नियन्त्रणमा आएको बताउनुभयो ।

खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट सो स्वास्थ्य चौकीका प्रमुख अमरसिंह महताराको नेतृत्वमा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसी लगायतको टोली टोलीले पनि तत्काल गाउँमै पुगेर उपचार सुरु गरेको थियो ।