काठमाडौँ । घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पहेलपारमा कोठा भाडामा बस्दै आएका जुतली बुढाको घर रुकुम र संगिता सुनारको सुर्खेत रहेको खुलेको प्रहरीले जनाएको छ। घटना हिजो बेलुका ५ बजेतिर भएको अनुमान छ।
दुई महिलाको हत्या गरेको आरोपमा प्रहरीले रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ। घर्ती पेशाले अटो चालक रहेका र घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटना थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ। केसीका अनुसार घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएका छन् ।
