काठमाडौँ जिल्ला प्रहरी परिसरले प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रकाउ गरेका ६ जना अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।
गत शुक्रबार काठमाडौँको तारकेश्वर नगरपालिका -९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत थिए ।
लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
