काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
विभागले सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक २३४ जना, सुरक्षा गार्ड १६ जना र परिचर पदका लागि २ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने छ ।
सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

