काठमाडौँ । नारायणी अस्पताल, वीरगञ्जमा एक जना महिलाले फाल्गुन १२ गते जन्मेको नवजात शिशु छाडेर हिँडेकी छन् । छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि उनी हिँडेकी बताइएको छ ।
पर्सा प्रहरीका अनुसार, साँझ ती महिला र उनकी सासू बच्चालाई छाडेर सम्पर्कविहीन भएको जानकारी आएको प्रहरी स्रोतको भनार्ई छ । अस्पतालमा भर्ना गर्दा उनको नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट-६, वीरगञ्ज’ टिपाएकी थिइन् । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको बताएको छ ।
शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको त्यहाँ उनीहरूलाई देख्नेहरुले बताएका छन् ।
