काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ।
कोशी, मधेस र बाग्मती प्रदेशका केही भागहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एक-दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
मंगलबार कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस, बागमती, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ।
