काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रेस सल्लाहकारमा रुपन्देहीका पत्रकार कमल रायमाझीलाई नियुक्त गरेका छन् ।
मुख्यमन्त्री महराले भैरहवामा रहेर रासस, समता टेलिभिजन, लुम्बिनी खबर पत्रिकामा कार्यरत रहेका रायमाझीलाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
प्रेस सेन्टरका नेता समेत रहेका रायमाझीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी पाएसँगै पत्रकारहरूका लागि सूचनामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
