मकवानपुर र पाल्पामा परेको चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ । मकवानपुरकाे राक्सिराङ गाउँपालिका र पाल्पाको रैनादेवीछहरा गाउँपालिकामा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।
आज बिहान घरमै सुतिरहेका बेला चट्याङ लागेर मकवानपुर राक्सिराङ गाउँपालिकाको वडा नं –२ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, हिजो बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर रैनादेवीछहरा गाउँपालिका–३ डाडागाउँको जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय बिमलप्रसाद पन्त घाइते भएका र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पुर्याउँदा डाक्टरले पन्तलाइ मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
