सुर्खेतमा सोमबार इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा उनीहरुको निसासिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका –११ पिपिरा बस्ने ३२ वर्षीय विद्या प्रसाद रेग्मी र सोही ठाँउका ३१ वर्षका लक्ष्मी प्रसाद कँडेल रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरेन्द्रबीर विश्वकर्माले बताए।

प्रहरीका अनुसार आज दिउँसो सोही स्थानका तोरण विकको इनार सफा गर्न गएका र सफा गर्ने क्रममा अक्सिजनको अभावका कारण उनीहरु बेहोस भएपछि प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको र उपचारका क्रममा मृत्यु बताएको छ।