काठमाडाैँ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको सोमबार दिउँसो आफ्नै निवासमा निधन भएको छ ।
माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका ५६ वर्षीय अध्यक्ष गच्छदार लडेर अचेत भएका र उनलाइ डाक्टरले ‘ब्रेन ह्याम्रेज’ भएको बताएका थिए । चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै थिए ।
गच्छदार २०७९ सालको पालिका चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । अध्यक्ष बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिएका छन्।
भट्टराईका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ।
