काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

असार ५ र ६ गते (जुन १९ र २०, २०२४) ब्राजिलको साओ पाउलोमा हुने बैठकमा भाग लिन उनी सोमबार ब्राजिल तर्फ प्रस्थान गरेका हुन् । मेयर शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य रहेका छन् ।

मेट्रोपोलिस विश्वका ठूला महानगरका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने उद्देश्यका साथ स्थापित अन्तर्राष्ट्रिय संस्था हो ।

बैठक सम्पन्न गरेर मेयर साह असार ८ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। उनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।