काठमाडौँ। कोशी प्रदेशका लेखा अधिकृत आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै आर्थिक वर्षको अन्त्यमा प्रदेश तहका लेखा अधिकृतहरुले काम छाडेर पेन डाउन गरी आन्दोलनमा उत्रिएका हुन् ।
आज र भोलिका लागि पेन डाउन घोषणा गरेको प्रदेश लेखा समूह कोशी प्रदेशले ऐन संशोधन गरेर वृत्ति विकास न्यायोचित बनाउनु पर्ने माग गरेका छन् । उनीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् ।
आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरुका अनुसार संघबाट समायोजन भएका छैठौं तहका अधिकृतको बढुवाको विषयमा प्रदेश ऐनले बोलको छैन । सो विषयमा ऐन संशोधन गरी वृत्ति विकासमा सबैलाइ न्यायहुने गरी ल्याउनका लागी लागि पटक पटक आग्रह गर्दा मागमा कुनै सुनुवाई नभएपछि उनीहरु आन्दोलनमा उत्रिएको बताएका छन् । समायोजन भइ आएका अधिकृत छैटौँ तहका कर्मचारीलाई ज्येष्ठता कायम रहने गरी सातौँ तहमा तह मिलान गर्नुपर्ने उनीहरुको माग छ ।
