लगातार परिरहेको वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटे बजारमा रहेको बेलिब्रिज बगाउने खतरा बढेको छ । बाढीले बेलिब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

२०७८ साल साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलिब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलिब्रिज जोगाउने प्रयास भइरहेको एक स्थानीयले बताएका छन् । बाढीले हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत जोखिममा रहेको छ ।

पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८,  पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ ।