प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन्। सत्ता सारथी नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा (२ अनुसार विश्वासको मत लिने भएका हुन्।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सदस्यीय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *