सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी ४ वटा निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिको हो ।
