चितवनमा बाघले आक्रमणबाट एक जना घाइते भएका छन्। बिहान घुमफिरमा गएको बेला भरतपुर महानगरपालिका- २ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठलाइ बाघले आक्रमण गरेको हो।
भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।
आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र उनको मुख र हातमा चोट लागेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो। आक्रमण गर्ने बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको समेत उहाँले बताउनुभयो।
