पछिल्लो समय नेपालमा हैजा संक्रमितको संख्या बढ्दै गइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्याङ्कअनुसार १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको हो ।

इडीसीडीका अनुसार ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको तथ्यांक छ । ललितपुरमा सबैभन्दा धेरै ३४ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको छ । संक्रमित हुनेमा २० महिला, २७ पुरुष र १४ वर्षमुनिका आठ जनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *