लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन्। बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित मन्त्री कुर्मीले मंगलबार राजीनामा दिएका हुन्।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएका हुन् । उनको राजीनामा भने स्वीकृत नभएको नेता चौधरीले बताए ।

कांग्रेस-माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ। उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *