बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको हो।

गलकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु भएका अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको बाग्लुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले बताएका छन्।

दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बाग्लुङ अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *