ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ।

मध्यरात १२ बजेर ८ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प भएको थियो।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *