संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ।सोमवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। 

बैठकमा परिषदका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित थिए।

वरिष्ठताका हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको बैठकमा सहभागी परिषद् सदस्य तथा उपसभामुख इन्दिरा रानामागरले जानकारी दिइन्। ६५ वर्षे उमेर हदका कारण सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अवकाशमा जाँदैछन्। सर्वोच्चका न्यायाधीशहरूको वरिष्ठतामा न्यायाधीश राउत अगाडि थिए ।

त्यसपछि क्रमशः सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल,  नहकुल सुवेदीको नाम परिषद्मा पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *