गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकाे छ।
बढुवा समितिको आइतबार बसेको बैठकले एकजना प्राविधिक (चिकित्सक) र जनपद प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेकाे हाे ।
बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालका चिकित्सक डीआईजी डा. सुन्दरप्रसाद ह्योजु र केन्द्रीय अनुसन्धान ब्यूराेकी डीआईजी किरण राणा रहेका छन् ।
प्रहरीमा डीआईजी राणाभन्दा वरिष्ठ बुद्वीराज गुरूङ र दुर्गा सिंह भएपनि बढुवा समितिले ११ दिनमा अवकाशमा जाने राणाकाे बढुवा सिफारिस गरेकाे हाे ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् ।


