काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङको महादेववेशी नजिकै नौकिलामा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। 

बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५-२० मिटर तल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पारिवारिक भ्रमणमा निस्कएका यात्रुबाहक माइक्रोबस दुर्घटना भएको र घाइतेहरूको उपचारका लागि महादेववेशीस्थित टाइम्स केयर अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।