कालीकोटको पलाँता गाउँपालिका–५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गरको क १ ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो आइतबार भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ।

उपचारको क्रममा सल्यान जिल्ला सारदा नगरपालिका १४ का  ५१ वर्षीय जीप चालक धनीराम रावतको ज्यान गएपछि मृतकको सङ्ख्या सात जना पुगेको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए।

यसअघि पलाँता– ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही,  पलाँता– ५ का छाँया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकायाको भने हिजो घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा घाइते भएका कालिकोट पलाँता-६ बस्ने केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भुपेन्द्र  रोकाया, पलाँता-३ बस्ने दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया त्यस्तै पलाँता-५ बस्ने दोलि विक र आयुशा विकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो ।

  • मृतक
  • १) कालीकोट पलाता गाउँपालिका–६ बस्ने दसकला शाही
  • २) कालीकोट पलाता गाउँपालिका–६ बस्ने पदम बम
  • ३) कालीकोट पलाता गाउँपालिका–६ बस्ने भगवती रोकाया
  • ४) कालीकोट पलाता गाउँपालिका–६ बस्ने गणेश शाही
  • ५) कालीकोट पलाता गाउँपालिका–५ बस्ने छाया शाही
  • ६) कालीकोट पलाता गाउँपालिका–३ बस्ने दमन रोकाया
  • ७) सल्यान जिल्ला सारदा नगरपालिका-१४ धनीराम रावत