देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको मौसमविदले जनाएका छन्। यतिबेला देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
