देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही ठाउँमा सामान्य हुस्सु लागेको छ।
आज दिउँसो कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेर एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
