बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी बुढा भण्डारी विजयी भएकी छिन्। आज बिहान सम्पन्न मतगणना अनुसार भण्डारी १ हजार ७४० मत ल्याएर विजयी भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन्। नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४७४ मत प्राप्त गरिन् । यस्तै, एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत पाएर तेस्रो भइन्।

यहाँको नौ वटै मतदान स्थलबाट यती बेला ५२.३१ प्रतिशत मत सखेको थियो। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको लागि भएको उप निर्वाचनमा तीन जनाको निकै प्रतिस्पर्धा भएको थियो। 

यहाँ नेकपा एमालेबाट  सुलोचना बुढा (भण्डारी), नेपाली काँग्रेसबाट पुल्लीसरा शाही र एकिकृति सामवादीबाट जवा शाही उपाध्यक्षका लागि उम्मेदवार थिए।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि यस स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *