महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन्।

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन्। पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सिधै विश्वकपमा स्थान बनाएको थियो।

मलेसिया र नेपाल यु १९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन् । त्यो भेटमा नेपाल २५ रनले विजयी भएको थियो।

विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।

विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *