ललितपुरको टिकाथलीस्थित पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ ।
स्थानीयले आगो निभाउन हिलो र पानी छ्यापेर प्रयास गरिरहे तापनि आगो निभेको भने छैन। आगो ननिभेकाले बोरिङ गर्ने कार्य रोकिएको छ।
बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बताए। तर त्यसको विस्तृत विवरण भने नआइसकेको उनले बताए। ‘त्यहाँ अलि सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको छ,’ रेग्मीले भने।
करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको एक स्थानीयले बताए। यद्यपि यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ।
