चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ। देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ।

काठमाडौँ उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ। २७ फागुनका लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको परिषद्ले जानकारी गराएको छ।

विद्यार्थीहरूको विवाद, भर्नाको विषय लगायतका कारणले नेपाल ल, पब्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको हो। उपत्यकाका अरु क्याम्पसमा भने उम्मेदवारी दर्ता भएको त्रिविले जनाएको छ। 

६२ आंगिक क्याम्पसमध्ये ५५ मा शान्तिपूर्ण ढंगले उम्मेदवारको मनोनयन दर्ता भएको छ भने मधेस २, काठमाडौँका ४ र लुम्बिनीको एक गरी सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको बताइएको छ।

रोकिएका स्थानमा १५ दिनभित्र गर्नुपर्ने भनिएकाले चैत्र ५ वरपर निर्वाचन हुने अपेक्षा  गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *