बर्दियामा हात्तीको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ। गएराति १० बजेतिर बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भुरीगाउँका अनुसार घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो। उनकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन्। प्रहरीले गाडीलाई वैकल्पिक सडकमार्फत पठाइरहेको छ।

मृतक थारुको शव आफन्तले उठाउन दिएका छैनन्। उनीहरूले उचित राहत, क्षतिपूर्ति, वन्यजन्तुको आक्रमणका घटना हुन नदिन दिगो समाधान गर्नुपर्नेलगायतका माग गरका छन्।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएलगत्तै मृतकका आफन्त, स्थानीय जनप्रतिनिधि, निकुञ्जका टोली र प्रहरीबीच छलफल भइरहेको छ। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *