सरकारले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/ १० लाख दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो। उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन्। सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ। रजकको आज दाहसंस्कार हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *