काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाइ कालोमोसो दलिएको छ ।आज बिहान कार्यालय गइरहेको समयमा बाटोमा रोकेर मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई मालोमोसो दलिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

यस घटनाले कर्मचारीहरू त्रसित भएको भन्दै प्रशासकीय अधिकृत सुवेदीले कार्यस्थलमा सुरक्षाको प्रत्याभूतिसँगै दोषीलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको छन् ।

पालिकामा रहेका शिक्षा सम्बन्धी विभिन्न काममा ढकालले भ्रष्टाचार गरेको आरोप लगाउँदै संगठनले कारबाही गरेको दाबी गरेको छ । ढकाललाई कारबाही गरेपछि जारी गरेको विज्ञप्तिमा विभिन्न आरोप लगाइएको छ ।


यता गाउँपालिकाले कार्यालय आउँदै गरेको कर्मचारीलाई लछारपछार गरी कालोमोसो दलेको भन्दै ध्यानाकर्षण भएको साथै कानूनी व्यवस्था हुदा हुदै संघियता माथि नै चुनौती दिदै कानुन हातमा लिने यस्ता गैह्र कानूनी क्रियाकलापको घोर भर्तसना गरेको छ ।