कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। वैशाख ११ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारेर परीक्षा बोर्डले नियमित तथा आंशिकतर्फका संशोधित परीक्षा तालिका आज प्रकाशन गरेको हो।
परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी ,संस्कृत रचना, बुद्ध शिक्षा,उर्दू व्याकरण विषयकाे परीक्षा हुनेछ। परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ।


