आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान डोल्पाको कान्जिरोबा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।
बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो। यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो।
