दैलेखमा पहाडी बाघ भनेरै चिनिने वयस्क चितुवा मृत फेला परेको छ।

दुल्लू नगरपालिका–३ देउटाकुरा बस्तीमा हिजो बिहान चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख राधाकृष्ण दासले जानकारी दिनुभयो।

मरेको कुखुरा समेत त्यहाँ फेला परेकोले कसैले विष हालिदिँदा चितुवा मरेकाे हुनसक्ने अधिकारीहरूको अनुमान छ।

स्थानीयले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय दैलेखको टोलीले मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हाताको जमिनमा गाडिएको र घटनाको अनुसन्धान भइरहेको कार्यालय प्रमुख दासले बताउनुभयो।