चितवनको रत्ननगर नगरपालिका- १६ कयरखोला नजिकै गुडिरेहको बसमा आगलागी भएको छ। 

पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा गएराति पौने ११ बजे अचानक आगो लागेको हो।

बस चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीको रहेको र चालक पनि उनी आफै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

बसमा चालक मात्रै रहेका थिए। आगो राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *