प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसमा बैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो।
बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। ती सबै अस्वीकार भएका थिए।
