जापानको अध्यागमनले सात नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन थरी रहेको स्रोतले बताएको छ। उनीहरूलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो। गैरकानुनी रूपमा बसोबास गरेका उनीहरूलाई नेपाल फर्काइएको जनाइएको छ। 

पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका हुन्।

फागुनको पहिलो साता पनि पाँच जना नेपालीलाई जापानले निष्कासन गरेको थियो। निष्कासित हुनेमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एक/एक जना रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *