पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।

असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताएका छन् ।

उनका अनुसार पूर्वराजा शाहले निर्मल निवासमा जन्मदिन मनाउने कार्यक्रम राखेको र उक्त दिन उपस्थित हुन शुभेच्छुकहरूलाई अनुरोध गरिएको छ ।

निर्मल निवास उक्त दिन शुभेच्छुक र आमनागरिकका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *