प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोजनक नभएका ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।

सोमवार अनुगमन कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखेको जानकारी दिएको हो।

होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौं, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ कालोसूचीमा परेका छन्।

रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आरएस बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नविन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जेएमसी कन्स्ट्रक्सन प्रालि सुर्खेत र माधव घिमिरे मुख्य व्यक्ति रहेको काश्यप निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौँ पनि कालोसूचीमा परेका छन्।

यस्तै कृष्णकुमार राई मुख्य व्यक्ति रहेको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौं, सीताराम श्रेष्ठ मुख्य व्यक्ति रहेको जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं, कर्णबहादुर बुढा मुख्य व्यक्ति रहेको मष्टा भवानी निर्माण सेवा डोल्पा र सहिदिन मियाँ मुख्य व्यक्ति रहेको शहीद निर्माण सेवा अर्घाखाँची पनि कालोसूचीमा परेका छन्।

काश्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि कालोसूचीमा परेका छन्। अरु सबै एक वर्षका लागि कालोसूचीमा परेका छन्।

कालोसूचीमा परेको अवधिभर उनीहरूले सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *