सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ।
आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा ५६ ढोकामध्ये २३ ढोका खोलिएको थियो।
आज प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० पानीको प्रवाह रहेकाले ३१ ढोका खोलिएका प्रवक्ता खतिवडाका बताएका छन्।
कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।
पूर्वी पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए।
