कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर मन्त्री अधिकारीले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
जेनजी पुस्ताले हिजो सोमबार गरेकाे प्रदर्शनमा सरकारले गरेको दमनप्रति आपत्ति जनक भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिएका हुन्।
उनले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको कुरा स्वीकार गर्नुको साटो उल्टै ब्यापक रुपमा दमन, हत्या र बल प्रयोगले लोकतन्त्र नभई तानाशाही व्यवस्थातर्फ गइरहेको महशुस भएकाले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।
उनले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार कसरी हुन पुग्यो भन्ने जवाफ नखोजी सत्तामा बस्न आफ्ना लागि सह्य नभएका कारण राजीनामा दिएको बताएका छन्।
