सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।